भौतिक पुर्वाधार कार्यालय दोलखाको प्रगती गत सालको आधा मात्रै हुने प्रक्षेपन

charchitaonline.com

फुर्बा तामाङ,चरिकोट , बैशाख–५ ,

आ.ब२०८२÷०८३ को करिब अन्त्यमा आउदा सम्म भौतिक प्रगती  ३५ प्रतिसत र आर्थिक प्रगती २५ प्रतिसत भएको तथ्याङ्कमा देखीन्छन । भने आगमी केही महिनामा खासै १० देखि २० प्रतिसत भन्दा बढी प्रगती थपिने संकेत देखिएका छैन ।  यस अघि सोही महिना र सोही समयमा ७० प्रतिसत भन्दा बढी मात्रमा भौतिक प्रगती र लक्ष्य हासिल गरेका भौतिक पूर्वाधार कार्यालय दोलखाका प्रमुख हरि प्रसाद ओझाले चर्चिैत अनलाइनलाइ जानकारी दिनु भयो  । 

दोलखा जिल्लामा निर्मानधीन सबै भौतिक पूर्वाधारको काम यो आ.ब मा गत बर्षको आधा भन्दा कम काम हुने देखिन आएको प्रमुख ओझाले भन्नु भयो ।  यसको मुख्य चुनौती भनेको निर्माण व्यवसायीहरुका अनुसार निर्माण सामाग्रीहरुको अभाव र नदीजन्य तथा अन्य सामाग्रीहरुको कृत्रिम अभावको कारणले गर्दा समेत ठुलो असर परेका देखीन आएको छ उहाँले भन्नु भयो, मध्ये पूर्वीय देशहरुबाटै भएको पेट्रोलियम पर्दाथको मूल्य बृद्धिको कारणले गर्दा सबै खाले निर्माण सामग्रीहरुको अभाव भएको हुदा पनि निर्माण समयमै सम्पन्न हुने सक्ने अवस्था नरहेको भनि निर्माण व्यवासायी संघ र निर्माण कर्मीहरुको भनाइ रहेका जानकारी दिनु भयो । 

दोलखा जिल्ला भौतिक पूर्वाधार कार्यालयका अनुसार दोलखा जिल्लाका भौतिक प्रगती आर्थिक बर्षको सघारमा आउदा समेत करिब ३५ प्रतिसत मात्रै भएको छ । निर्माणधिन आयोजना  र योजनाहरुका लागि भौतिक बस्तुहरु बालुवा,गिटी, रड, सिमेन्ट र ढुङ्ख अभावको कारणले गर्दा यसअघिको बर्ष भन्दा यो आर्थिक बर्षमा आधा भन्दा कम प्रगती भएको देखिन्छ । बजारमा निर्माण सामग्रीहरु बालुवा गिटी, डर र सिमेन्ट लगायतको सामाग्रीहरुको कृत्रिम अभावको कारण देखाउदै बजार  ठप्प भएपछि निर्माणको कामहरु समयमा सम्पन्न हुन सक्निेमा भएको हो । 

त्यसैगरी यता निर्माण व्यवसायी संघको दोलखाका अध्यक्ष राजेश थाापाद्धारा हस्तक्षर गरेको प्रेस विज्ञप्तीमा  पेट्रोलिय पर्दाथको भाउले सिखर चुमेको कारणले गर्दा निर्माण व्यवसायी संघले गरेको ठेक्का प्रकृयामा समेत समाग्रीहरुको भाउले आकाश छोएको हुदा समेत काम सम्पन्न हुने र समयमा नै काम हुने कुरामा दुबिधाहरु निरन्तर बृद्धि भएको छ भनि उल्लेख गरिएका छन । योजना निर्माणको लागत केही प्रतिसत मात्रै मृल्य बृद्धीको आकलन गरिएको हुन्छ तर सोेचेको भन्दा पनि बढी अर्थात ५० प्रतिसत भन्दा बढी पेट्रोलको मूल्य बृद्धि हुनु र निर्माण सामाग्रीहरको अभावले. गर्दा  निर्माण व्यवसायीहरु काम रोक्न बाध्य भएको जानकारी दिनु  भयो । निर्माण व्यवसाय संघ दोलखाको अध्यक्ष थापाका अनुसार समयमै काम हुने कुरामा निर्माण व्यवसायीहरुले गम्भिर भएर लाग्नु पर्ने बाध्य भएको समेत जानकारी दिनु भयो । नदिजन्य पर्दार्थको कृत्रिम अभाव  र बिटुवीन, समयमा ल्याउन नसक्दा भएको निर्माण कार्यको ढिलाइ प्रति गम्भीर ध्यानकार्षण भएको समेत भनिएको छ । निर्माणाधीन ठुला–साना योजनाको समायोजन र त्यसको मुल्य समायोजन गर्नका लागि केही महिनामा सक्नु पर्ने कामको मृल्य समायोजन गर्न हुन जोडदार माग गरिएको छ । हिजो जारी दोलखा निर्माण व्यवसायी संघ दोलखाले जारी गरेका उक्त प्रेस विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ । महगीको दुरी पार गर्दा समेत सरकारले कुनै पनि ठोस निर्णय नगरेको हुदाँ र मुख दर्शक भएर टुलुटुलु हेर्दा समेत निर्माण व्यवसायहरुले आफ्नो व्यवसाय र पेशाबाटै बिलाप हुने लागेको समेत देखिन गएको र पेशाबाट विस्थापीत हुने समेत उक्त विज्ञीप्तीमा उल्लेख गरीएको छ । यसो भएमा कममा काम सम्झौता वा ठेक्का खरिद गरी उच्च मुल्यमा काम गर्दा निर्माण व्पयवसायीहरु धरासाही बनी आगमी दिनमा त्यो पेशबाट नै पलायन हुने अवस्थामा पुगेका भनि उल्लेख गरिएको छ । 

 दोलखा जिल्ला भौतिक पूर्वधार कार्यालयमा यस्ता योवजनाहरु मध्ये बहुबर्षिय सडक योजना ९ओटा रहेका छन । बहुबर्षिय पुल २  १० लाख माथिको ठेक्का मार्फत सालबासी योजना १३४ ओटा १०लाख सम्मको उपभोक्ता आर्फत योजना ४८ओटा रहेका छन । सालबासी योजना ठेक्का र उपभोक्त समिती मार्फत गरीने जम्मा १८१ दोलखा जिल्लाका विभिन्न पालीकाहरुमा संचालनमा रहेका छन । यसका कुल लागत ५३ करोड, २५ लाख ४५हजार रहेका छ । प्रदेश लोकमार्ग ४ ओटा योजनको लागत २६ करोड ७४ लाख ५० हजारका रहेका छन,भने प्रदेशीक मार्ग १० वटा ३२ करोड ९ लाखको प्रदेशीक सडक पुल ८ वटा ३ करोड ९०लाख कुल योजना २ सय ३ रहेका छन भने कुल बजेट १ अरब ४६ करोड ९४ लाख बराबरको रहेका छन । 

चालुु आ. बमा मुडे मेलुङ सिताली खण्डमाको लागि ९ करोड, भिरकोट झुले छौडे सडक ९ करोड, ढोलीखोला शहरे हावा सिक्रे जिरी सडक ४ करोड ४१ लाख, सिगाटी सोरुङ खोला खोपाँचागु बिगु सडक३ करोड १५ लाख,बालगृह माघादेउराली सडकको लागि ३करोड १५ लाख, गोपी गैरीमुदी पुतलीकाठ मृर्गे बगार डाडागाँउ क्षेत्रपा सडक३ करोड १५ लाख, नाम्दु क्षेत्रपा जुगु सडकका लागि ३ करोड १५लाख, पिखुती झ्याकु लेखर्क चेदुङ सडक ३ करोड १५ लाख, मुडे मेलुङ सडक खण्डाअन्र्तरगत बुद्धचोक खण्ड र बाघखोर कालापानी खण्डको लागि क्रमश ४ करोड ४५  लाख  र ४करोड ५ लाख विनियोजन भएको छ भने सिगाटी लादुक बुलुङ लामाबगर सडकको लागि ४.०५ करोड विनियोजन गरेका छन । 

 योजना बोलपत्र आव्हान(ठेक्का) मार्फत गरेको योजना १ सय ३२ ओटा रहेका छन भने उपभोक्ता समिति मार्फत गरिने योजना ४८ ओटा रहेका छन । बहुबर्षिय योजना ९ ओटाको काम सुरु भएको छ भने २ ओटा बहुबािषर्य पुल सम्पन्न भएको छ । सालबासी ठेक्का १०८ मध्ये खरिद सम्झौता मध्ये ५२ सम्पन्न भएका छन । १४ वटा योजना सम्झौता चरणमा रहेका छन । 


प्रतिक्रिया