कुरीमा हिउ खेल्ने पर्यटक बढ्दै कुरीमा हिउ खेल्ने पर्यटक बढ्दै
फुर्बा तामाङ, चरिकोट,विहान उठ्ने वितिकै, हिमाल हेर्न पाइयोस, यी हातले सधै– सधै नेपाल लेख्न पाइयोस,दोलखा जिल्लाको उच्चा हिम शृखला मध्येमापर्ने कालिन्चोक भगवती मन्दिर वरीपरी तथा कुरी बजारमा भारी हिउ परेको छ । विहानबाट पर्ने सुरु भएको हिउँ केही समयदेखि हिउ खेल्न आन्तरीक तथा बाह्य पर्यटकहरुको आगमनमा बृद्धि भएका छन ।
थोरै पैसा लिएर एक दिनको यात्रा र एक रात बाहिरा कतै हिउ खेल्ने कसैको चाहान भए यस दोलखा जिल्लको हिउले तपाइको इच्छा पुरा गर्ने छ । कुनै पनि पर्यटकहरु आउनका लाली गुराँस फुल हेर्नका लागि चैत्र–बैशाख महिना र हिउ पर्ने समय मंसिरदेखी बैशाख महिना सम्म पर्यटकहरु आउने गरेका छन । होटल व्यवसायी ग्याल्बो तामाङका अनुसार आन्तरीक तथा बाहिरी व्यक्तिहरु हिउ परेको बेलामा महिनामा ५ लाख भन्दा बढी मात्रमा आउने बताउनु भयो ।
बजारमा बाँस बस्न ठाउ पाउने समेत हम्मे हम्मे पर्ने समेत उहाँले बताउनु भयो । दोलखा जिल्लाको राजस्वको श्रोत मध्ये बार्षिक रुपमा २ करोड भन्दा बढी यही मन्दिरबाट उठ्ने भेटी उठने गरेको समेत बताउनु भयो ।
जिल्लाको उच्च स्थानमा रहेको मात्रै नभइ देशकै उच्च स्थानमा रहेको मन्दिर कालिन्चोक मन्दिर हो । ३,८४२ मिटर हाइटमा रहेको यो मन्दिर देशै प्रसिद्ध मन्दिर हो । दोलखा जिल्लका अधिकांश स्थानहरुमा भारी हिमपात भएको छ । यो जिल्ला हिमाली जिल्ला भएकोले पनि यहाँ आउने पर्यटकहरु हिम खेल्नका लागि धेरै टाढाबाट आउने गर्दछ । दोलखा जिल्ला तराइदेखि भारतको काकडभित्त र चिनको सिमाना फलाक–लप्चीसम्म जोडिएकोले गर्दा निकै प्रसिद्धी कमाएको मन्दिर हो ।
यस मन्दिर आउनका लागि काठमाण्डौबाट बसमा रु ५०० बसको भाडा तिरेर १ सय २६ किलोमिटर टाढा आएपछि । मकैबारीबाट रु ३०० तिरेर १७ किलोमिटर टाढा कुरी बजार पुग्न सकिन्छ । सिगल र डबल रुमको कोठा पाइन्छ । त्यसका भाडा रु ५०० सयदेखि ५ हजार सम्म पाइने कुरी होटल ब्यसायी संघ दोलखाका अध्यक्ष चन्द्र कुमार लामाले जानकारी दिनु भयो ।