बिच बजारमै दिनढाडै महिलाको सुन लुटपाट

charchitaonline.com

फुर्बा तामाङ,चरिकोट , 

भीमेश्वर नगरपालिका वडा नम्बर ८ का कुमारी तामाङको मगलबार चरिकोट विच बजारबाट दिनढडै सुन लुतेको छ । मुखमा माक्स लगाएको हरियो आकाशे रङको क्याप टोपी र कालो ज्याकेट लगाएको र निलो जिन्स पाइट लागेको आफन्तै भनेर साइनो लगाइ अपरिचीत व्यक्तिले साइनो लगाइ सुन लुटिएका हो । 

भेटेनरी तथा पशु विज्ञकेन्द्रको नजिकै रहेको च्छोरोल्पा सुनचादी पसलमा कानमा लगाइ रहेको महिलोको सुन खोल्न लगाइ उनीहरुले उक्त नोट देखाइ बैकमा डलर साट्ने र  तपाइलाइ २ लाख दिन्छु भनि बैकमा गएको भनेर गए पछि नआएको समेत उहाँको छोरा मान बहादुर तामाङले जानकारी दिएका छ । 

चरिकोटको मध्ये बजारमा पर्ने यो च्छोरोल्पा सुन चाँदी पसल र खासै भिडभाड नदेखीने  भएतापनि दिनको समयमा सिगाटी जाने बस रोकिने हुदाँ बसको छेउबाट केही मान्छेहरु ओरल्ने र चढ्ने भएको हुदाँ भिड हुने हुदाँ चोरले लुटेका थिए । कुमारी तामाङका अनुसार मसलाइ त दाजु भाइको नाता पर्ने र मेरो पनि घर गैरीमुदी तिर भएको भनि साइनो समेत लगाइ दिउँसो करिब ११ बजेको समयमा उक्त समुहले लुटेका हुन । घटना स्थल जिल्ला प्रहरी कार्यालय दोलखाबाट करिब एक किलोमिटर पश्चिममा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक मनोक कुमार लामाका अनुसार यहाँको मान्छे नभएको र बाहिराबाट आउने मान्छे भएको अनुमान गरेको समेत जानकारी दिनु भयो । लामाका अनुसार हामीले यो गिरोह नै रहेको र काठमाण्डौमा पनि यही तरिकाले दिनढाडै लुटपाट मच्चाउदै आएको समेत जानकारी दिनु भयो । 

यो सुनिोजित तरिकाले गाउँका सोझासाझा महिलाहरुलाइ यसरी नै पटक–पटक लुटपाट गरीदै आएको समेत जानकारी दिनु भयो । घटनाको थप अनुसन्धन भैरहेको समेत उहाँले जानकारी दिनु भयो । हामीले हुलीयाँको आधार र सिसि फुटेजको आधारमा खोजी कार्य गरी रहेको छौ  लामाले चर्चित अनलाइनसँग भन्नु भयो । 



प्रतिक्रिया