फुर्बा तामाङ, चरिकोट,
हिमाली जिल्लाको एक मात्रै विश्व विद्यालयको अवधारण अनुसार चल्दै आएको गौरीशंकर बहुमुखी क्याम्पसको आइताबार ४५ औं बार्षिक उत्सब विभिन्न कार्यक्रम गरी मनाएको छ । विद्यालयमा विभिन्न कार्यक्रमहरु गरी उत्सब मनाएका हुन ।
आइताबर क्याम्पसको हातभित्र भएको बार्षिक उत्सब कार्यक्रममा प्रगती प्रतिवेदन क्याम्पस प्रमुख शान्त बहादुर के.सीले प्रस्तुत गर्नु भएको थियो । भने सहायक क्याम्पस प्रमुख बालकृण्ण फुयालले सहजीरकण गर्नु भएको थियो ।
बार्षिक उत्सबमा गर्नु अघि गरिने अतिक्रियाकलब, खेलीने फुटबल, भलिबल, बक्तृत्वकला, हाजीरी जवाफ, टेबल टेनिस, व्याडमेन्टन, लगायतका दर्जान भन्दा बढी अतिरिक्त क्रियाकलपमा भाग लिइ उत्कृष्ठ हुनेहरुलाइ कदर पत्र, गोल्डमेडल तथा पुरस्कारले सम्मान गरेका थिए ।
त्यसैगरी सोही समारोहमा बार्षिक रुपमा प्रदान गरिदै आएको छात्रबृति समेत प्रदान गरेका थिए । यसरी गौरीशंकर बहुमखी क्याम्पसबाट बाािर्षक ५०–६० जनाले छात्रबृति लिदै आएको आर्थिक प्रशासन प्रमुख राजकुमार सुवेदीले जानकारी दिनु भयो ।
निकै पुरानो मानिने यो गौरीशंकर क्याम्पसको नाम दोलखा जिल्ल्लाको एक महत्वपूर्ण र जिल्लाकै एक मात्रै स्नाकोत्तर सम्मको पढाइ सुरु गर्ने क्याम्पस हो । गौरीशंकर हिमाल दोलखा जिल्लाको मात्रै नभइ देशकै समय रेखा नाप्ने हिमालको रुपमा चिरपरिचित हिमाल हो । देशकै उच्च र हिमाली जिल्लाको रुपमा रहेको एक मात्रै उच्च स्तरको र राम्रो व्यवस्थापन भएको क्यापस पनि यही हो ।
हाल यस क्याम्पसमा ३०० जना भन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन । अघि ५ सयको हाराहारीमा बिद्यालयमा बिद्यार्थीहरु भएको भएपनि हाल आएर केही विद्यार्थीहरुको रुचि प्रविधिक शिक्षा तर्फ रहेको हुदाँ र शहरी शिक्षाको प्रभावको कारणले गर्दा केही विद्यार्थीहरु काठमाण्डौ लगायतका स्थानहरुमा गएर पढ्ने गर्दछन । जिल्लामा विकास निर्माणको कारणले मारेको फड्को सँगै त्यस स्थान्तरण भइ शहरमा र विदेशमा पढ्नेहरुको लहर बढनेक्रम रहेका छन ।
कार्यक्रम गौरीशंकर बहुमुखी क्याम्पसको अध्यक्ष अमृत राउतको अध्यक्षता तथा भीमेश्वर नगरपालिकाको प्रमुख इश्वर नारायण मान्नधरको प्रमुख आतिथ्यतामा र सबै पाटीको जनप्रनितिहरुको उपस्थितीमा भएको थियो । दोलखा जिल्लामा सक्रिय बिभिन्न पाटीका प्रतिनिधीहरुले गौरीशंकर क्याम्पसको उत्तर–उत्तोर प्रगती र आगमी दिनमा प्राविधिक शिक्षा दिने वातावरण मिलाइ चरिकोट बजारलाइ चलायमान बताउन जोड दिनु पर्ने अवधारण व्यक्त गरेका थिए ।