निर्माण सामग्रीको कृत्रिम अभाव विरुद्ध ध्यानाकार्षण पत्र

charchitaonline.com

फुर्बा तामाङ चरिकोट, चैत्र १८ दोलखा जिल्ला निर्माण व्यवसायी संघद्धारा ध्यानाकार्षण पत्र जिल्ला प्रशासन कार्यालय दोलखालाइ बुझाएको छ । यही चैत्र १६ गतेका दिन एक कार्यक्रम गरी उक्त ध्यानाकार्षण पत्र बुझाएका हुन ।   विकास निर्माणमा प्रयोग हुने सामग्रीहरु ढुङ्ख, गिटी,बालुवा, रोडा र अन्य नदी जन्य पर्दाथको प्रयोग नियामानुसार नभएको भन्दै ध्यानाकार्षण पत्र जिल्ला समन्वय समिति दोलखामा पेश गरेका हुन ।

निर्मााण सामग्रीको कृत्रिम अभाव गरेको र मनोमानी ढंगबाट रकम उठाउदै आएको हुदाँ पटक–पटक कारबाही गरिने पर्ने भन्दै आए पनि कार्यान्वयन पक्षले खासै चासो नदेखाएको भन्दै ध्यानाकार्षण पत्र बुझाउको हो । पश्चिमेली देशको प्रभाव बढ्दै गएको भन्दै पेट्रोलियम पदार्थको अभावको कारणले देखाउदै निर्माण सामग्रीको अभाव भएको भन्दै नदीजन्य पदार्थको मनोमानी मूल्य राख्ने गरेका देखीएका छन । नदीजन्य पदार्थको ठेक्का लिने व्यवसायहरुले संक्षिप्त कर बिजक जारी गरी कर छली गरेर करोडौ रुपैया हिनामीन गरी राजस्व  समेत  कम उठ्ने गरेको उक्त ध्यानाकार्षण पत्र पत्रमा उल्लेख गरिएको छ । 

आार्थिक ऐन २०८१ को दफा ९ को उपदफा १ को अनुसूची ५ को २ मा तोकिए भन्दा बढी शूल्क लिने कार्य भैरहेको हुदाँ सम्बन्धीत पक्षलाइ कारबाहीको लागि माग गर्दा समेत सुनुवाइ नभएको भन्दै गुनासो समेत उत्त ध्यानाकार्षण पत्र पत्रमा लेखिएको पाइन्छ । यस अघि दोलखा उद्योग बाणिज्य संघ उपभोक्ताहरुले पटक पटक मौखिक र लिखित उजुरी जिल्ला समन्वय समिति दोलखा र जिल्ला प्रशासन कार्यालय दोलखा, कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखा र सम्बन्धीत स्थानीय तहहरुमा जानकारी गर्दा समेत कारबाही हुनुको सट्टा संरक्षण गरेको देखिन्छन । यसरी उजुरी गर्दा समेत सम्बन्धीत पक्षले कारबाही नगर्दा नियमक निकाय माथी नै प्रश्न उठेका छन । उक्त आर्थिक कानुन भन्दा बढी रकम असुल्दै आएको र जथाभाबी रुपमा नदीजन्य पदार्थको दुरुप्रयोग गरेको भए पनि कानुनी कारबाहीमा नआएको समेत आरोप लागेको ध्यानाकार्षण पत्रमा लेखिएको छ । 

यसरी हेर्दा नदीजन्य उत्खनन पक्षले आफुले निकाल्ने सामग्रीको  परिमाण लुकाएर कर छली गरेको र नाफामुखी बनेको देखिन आएको समेत उक्त पत्रमा उल्लेख गरिएको छ । दोलखा जिल्लाभर रहेका क्रसर उद्योगले खुल्ला र उदण्ड रुपमा कालो बजारी गर्दा समेत जिल्लाका सरोकारवाला निकायहरु मुख दर्शक बन्नु कतिको जायज भएको हो भन्ने प्रश्न जनमानसमा छरप्रष्ट बन्न लागेका छन । यसरी ध्यानाकार्षण पत्र दिदा समेत बेवास्था गरेमा  तुरुन्तै कार्यान्वयन पक्षले ध्यान दिएन भने हामी सम्पुर्ण निर्माण व्यवसायीहरु चरमबद्ध आन्दोलनमा जाने भनी पत्रमा उल्लेख गरेको पत्रमा निर्माण व्यवसायी संघ दोलखाका अध्यक्ष राजेश थापाले र महासचिवल लाल बहादुर तामाङसंयुक्त हस्ताक्षर गरेका छन ।  भने जिल्ला प्रहरी कार्यालय दोलखा र जिल्ला प्रशासन कार्यालय दोलखालाइ बोद्यार्थ राखेका छन । 


प्रतिक्रिया