फुर्बा तामाङ चरिकोट, दोलखा जिल्लाको मुटुमाको रुपमा चिनिने पशुपति चौलागाइ स्मृति प्रदेशीक अस्पताले हाल अतिरिक्त सेवा लगायतका २४ सै घण्टे पाँच ओटा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।
हाल पाँचओटा विशेषज्ञहरु सेवा संचालमा ल्याउनका लागि सबै तयारी पुरा गरि सकेको छ । बालरोग विशेषज्ञ सेवा,स्त्री रोग विशेषज्ञ सेवा,हडी सम्बन्धी विशेषज्ञ सेवा, सर्जरी सम्बन्धीको बिशेषज्ञ सेवा, फिजिसियन विशेषज्ञ सेवा रहेका छन । यसका साथै मनोरोग र द्धन्द्ध सेवा संचालनमा ल्याएका छन भने निकट भविष्यमा नै थेरापी सेवा संचालनमा ल्याउनका लागि पदपुर्तिका सूचना प्रकाशन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुवास रिमालले जानकारी दिनु भयो ।
अस्पतालले हालै संचालनमा ल्याएको मृगौलाको डाइलसिस सेवा ल्यायसँग दिनानु दिन विरामी भिड समेत बढेको देखिन्छ । प्रादेशी अस्पतालले हाल नयाँ दुइवटा भवन सहित पाँच ओटा सेवा संचालनमा ल्यान लागेको हो ।
नेपाल सरकारको स्वामीत्वमा रहको यस अस्पतालले दैनिक ३ सय भन्दा बढी रोगीहरुको उपचार गर्दै आइरहेका छन । उपचारका लागि आवश्यक उपकरण सहित अत्याधुनिक विशेषज्ञ सेवा संचालनमा आएका छन । नेपाल सरकारबाट उपलब्ध ९८ थरीका विभिन्न औषधी मध्ये केही औषधीहरु समेत वितरण गरिहेका अस्पतालले जानकारी दिएका छन । अस्पतालमा विरामी भइ भर्ना हुने सबै विरामीहरुलाइ निशुल्क खाना र बेड चार्जमा समेत पुरै छुट दिएका हुदाँ गोजीमा एक पैसा पनि नहुने विरामीको सहारा बन्दै गइरहेको हुदाँ अस्पताल सेवामा अहोरात खुल्ने अस्पताल श्रोतले जानकारी दिएका छन । जिल्लाका एकमात्रै पोष्टमाटम यसै अस्पताल परिसरमा रहेका हुदाँ दैनिक २–३ जना पोष्टमाटम हुदै आएको समेत अध्यक्ष रिमाले जानकारी दिनु भयो ।
विपन्न र गरिबीको उपचारको भरोसा र आशाको केन्द्र यस अस्पतालमा निशुल्क उपचार गर्नका लागि भने सम्बन्धीत स्थानीय तहको विपन्नताको सिफारिस पत्र ल्याइ सामाजिक सेवा इकाइ मार्फत सेवा लिन सकिने अस्पताल श्रोतले जनकारी दिनु भएका छन । दिर्घरोगहरु ः मधुमेह,अर्बुदा, क्षयरोग उच्च र न्युन रक्तचाप र मानसिक रोगको सेवा अस्पतालले दिदै आएका छन । त्यसैगरी अपाङ्ग, जेष्ट नागरिक तथा एकल महिला तथा सामुदायिक महिला स्वयम् सेविकाहरुलाइ सेवामा छुट दिदै आएको समेत अध्यक्ष रिमालले जानकारी दिनु भयो ।
उपचार सेवालाइ चुस्त दुरुस्त राख्नका र बिरामी प्रति जवाफदेहीता बढाउन कर्मचारीहरुको समन्वय हुन जरुरी रहेकोले कर्मचारीहरु विभिन्न तह,सेवा समुह र करारमा भएको हुदाँ एक अर्काको समन्वय नभएको जस्तो देखिएको मेडिकल सुपरिटेण्डेन्ट डाक्टर अचुत पौडेलले बताउनु भयो ।
डा. पौडेल अनुसार सबै स्थानीय तहहरुको विरामी उपचार गर्न आउने ठाउँ नै यो अस्पतालमा भएकाले अस्पताललाइ बिशेषज्ञ सेवा मात्रै दिनको लागि पहल भै रहेको बताउनु भयो । सुत्केरी सेवा चौविसै घण्टा खुल्ला रहने र प्रथामिक स्वास्थ्य केन्द्रहरुबाट प्रदान गरिने औषधीहरु उहाँबाट त्यति धेरै मात्रैमा नपाउने पनि हुन सक्ने तर काठमाण्डौ लगायतका विभिन्न ठुलो सहरमा दिने सेवाहरु यहीबाट प्रदान हुने हुदाँ सबै खालको औषधीहरु निशुल्क प्राप्त हुन्छ भन्ने कुरालाइ भन्दा पनि के कस्ता विशेषज्ञ सेवाहरुमा के कमी छ भनेर बुझ्नु हुन सबैमा आग्रह गर्नु भयो ।
दोलखा जिल्लाकै जति महगो अस्पतालहरु खुलेको भए पनि एकमात्रै विशेषज्ञ हुने र सबै काम गरिदिने अर्थात एकै जनाले सबै उपचार गर्न बाध्य हुने बताउनु भयो । अबको दिनहररुमा कुन सामुदायिक अस्पतालमा कुन खालको सेवा प्रवाह भैरहेका छन । त्यसको मात्रै उपचार गर्नु पाउने अधिकार हुने समेत मे.सु पौडेलले बताउनु भयो ।
४० बर्ष पुरानो तामाकोशीको नयाँ पुल ठेक्का लागेको १०बर्ष सम्म पनि बन्न सकेको छैन ।
पुन निर्माण गर्नका लागि धेरै अगाडी पुलमहाशाखाले बोलपत्र आव्हान गरे पनि