फुर्बा तामाङ,चरिकोट,चैत्र ५,
जल तथा मौसम विज्ञान बिभागबाट जारी सूचना अनुसार आगमी ६ गते देखी ९ गते सम्म तिन दिनका लागि कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी अन्य हिमाली क्षेत्रहरुमा भारी बर्षा एवं हिमपात हुने सम्भावन रहेको जानकारी दिनु भएको छ । साथै शुक्रबार दाङ र नेपालगञ्ज लुम्बीनी प्रदेशका तराइ क्षेत्रका आसपासका जिल्ला तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तिब्र हावाहुरी ११९ किलोमिटर प्रतिघण्टा चल्ने सम्भावन रहेको जानकारी दिएका छन ।
प्रि मनसुनको अवस्था रहेकोले तीब्र हावाहुरीको कारणले रुख ढल्ने ,कमजोर संरचनाहरुका छाना उडाउने विद्युत तथा टेलिफोन लगायतका संरचनाहरुमा जोखिम रहेको हुदाँ सर्तक रहन सबैमा आग्रह गर्नु भएकोछ ।
पछिल्लो समयमा हावाहुरीको कारणले रुख ढल्ने र मान्छेको मृत्यु र घाइते हुने सम्मको घट्ना हुने भएकोले सबैलाइ सर्तक रहनु हुना आग्रह र अनुरोध गर्नु भयो । यस्ता स्थानहरुमा बिशेष गरी मानिसहरुले सर्तक रहनु हुना सबैमा आग्रह र अनुरोध गर्नु भएको छ । विशेष काम नपरी यात्रामा ननिस्कीन हुन, सवारी साधन चलिरहेको भए सुरक्षित रुपमा बस्न, भिडभाड भए नआतिनु हुन, घरको झ्यालढोका बन्दा गर्न, भागदौड नगर्नुहुन, सो समयमा बिद्युतीय उपकरण नचलाउनु हुना समेत प्राधिकरणले सबैमा आग्रह गर्नु भयो ।
हावाहुरी चलेको बेला कम्जोर संरचना, अग्ला रुख,बिद्युत र टेलिफोनको तार मुनी नबस्नु हुना र बतीको तार
लत्रिएको भए सो तारलाइ नछुन हुना समेत आग्रह र अनुरोध गर्नु भयो । जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वअनुमान र यस प्रधिकरणबाट जारी गरिएको रामबहादुर के.सी उपसचिवद्धार हस्ताक्षरीत सूचनामा सूचामा उक्त कुरा उल्लेख गरिएको छ । मौसम पूर्व अनुमान विभागका अनुसार आगमी केही दिनका लागि बाहिरा नरहन र बाहिर बस्दा पनि ख्याल गरेर मात्रै बस्न हुन,समेत आग्रह गरिएको छ । यो समय प्रि मनसुन र मौसमको कारणले गर्दा नसोचेको समयममा पानी तथा हावाहुरी हुने भएकोले गर्दा सबैलाइ सर्तक रहन र आगमी दिनमा समेत यसबाट बच्नका लागि सुरक्षीत हुन समेत सबैमा अनुरोध गरिएको छ ।