फुर्बा तामाङ,चरिकोट, चैत्र,
जिल्ला आयुर्वेद कार्यालय दोलखाको आयोजना तथा जिल्लाका ३ ओटा अन्य योगा सम्बन्धीको संस्थाहरुकोे सह आयोजनमा २ दिने योग, ध्यान, प्राणायम र स्वास्थ्य पर्यटन प्रवर्धन सम्बन्धी कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
जिल्ला आयुर्वेद कार्यालय दोलखाको आर्थिक सहयोगमा भएको कार्यक्रममा जिल्लामा रहेको उच्च पदस्ता व्यक्तिहरुको समेत सहभागिता रहेको थियो । विकास निर्माण मात्रै नभइ जनचेतन मुलक र विभिन्न प्रविधिजन्य कार्यक्रम गर्ने शिलशिलामा यस्ता कार्य गरेका छन ।
यस जिल्ला भित्र धेरै किसिमको हिमाली भु–भाग तथा मठ मन्दिरमा आउने भक्तजनहरुको कार्यक्रमलाइ उचित प्रयोग गर्दै आगमी दिनमा योगलाइ जिवनता बनाउन र योग मार्फत जिवन परिर्वतण गर्न सकिने समेत सहभागीहरुले जानकारी दिएका छन । सहभागि हरुले हामीले यस्ता प्रकारको कार्यक्रम मार्फत यस प्रकारको योग सम्बन्धी जानकारी प्राप्त हुनु ठुलो कुरा रहेको भन्नु भयो ।
कार्यक्रमा उपस्थित एवम् सहभागि पुर्णिमा खरलेका अनुसार जिल्ला भित्रै हामीले यति सहज रुपमा कार्यक्रम गर्नु र म आफैले समेत यसको विषयमा जानकारी लिइ अरुलाइ यो विषयमा जानकारी दिनु पाउदा निकै खुसी भएको बताउनु भयो । मान्छेलाइ विकास निर्माणको काम भन्दा पनि यो योगले मानव स्वास्थ्य र मानवताको अस्तीत्वमा पुगेर काम गर्ने समेत जानकारी दिनु भयो । उहाँले भन्नु भयो, हामी यस्मा प्रष्टा छौ । योग विज्ञानको छुटै महत्व छ । यस्ले समेत हामीले हाम्रो जिवनमा ठुलै परिवर्तण गरी जिवन उपयोगीता बनाउन पक्कै पनि टेवा पुग्ने देखिन्छ ।
यता पुशपति चौलागाइ अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा. अचुत पौडेलको अनुसार उपचार विधिसग पनि योग र ध्यान विधिको प्रयोग हुन्छ । स्वास्थ्य पर्यटनसँग जोडिनु पर्ने जानकारी समेत उहाँले दिनु भयो । सबै कामले पशुपति चौलागाइ अस्पताल र जिल्ला आयुर्वेद कार्यालयको सहकार्यमा काम गर्न सकिने र दुबैले गरेको उपचार पनि सगँसगै लैजाने समेत जानकारी दिनु भयो । डा. भन्नु हुन्छ, यो प्रदेशले लिएको अवधारण भएको हुदाँ सबैलाइ सँगसगै लियर जाने समेत भन्नु भयो । कतिपय रोगहरु योगविधिबाट समेत निमूल पार्न सकिने खालको पाइन्छ । विकासीत मुलुक, खानपान र बढ्दो प्रदुषणको कारणले समेत मानव जिवनको अस्तित्वमा निकै गहन रुपमा नदेखिने गरी असर पारीरहेको हुदाँ कति रोगहरुको उपचार औषधीले मात्रै नभइ योग पनि गर्नु पर्ने रहेको जानकारी दिनु भयो ।
आयुर्वेद तथा बैकल्पीक चिकित्सालयलाइ जिल्लाका शैलुङ, कालिञ्चोक, जिरी बजारमा, चेर्दुङ, हुमान्ते, च्छोरोल्प र दोलखा भीमेश्वर मन्दिरमा बसेर पयर्टक र उस्को रुचि अनुरुप आगमी दिनहरुमा योग,ध्यान गर्नका लागि सहयोग र सदभावसँगै पर्यटक बढ्ने जिल्ला आयुर्वेद दोलखाका अध्यक्ष राजन बस्नेतले सभालाइ सम्बोध गर्दे जानकारी दिनु भयो । जिल्लाका सबै स्थानमा योग ध्यान गर्नु सक्यो भयो आन्तरीक तथा बाह्य पर्यटकहरुलाइ भित्र्याउने कुरामा कुनै दुइ मत नभए समेत बस्नेतले उद्घोष गर्नु भयो । उहाँले थप्नु भयो, भनीन्छ साधक र साधीका ज्युहरुले सकात्माक भुमिका निर्वाह गर्नु हुन र आगमी दिनहरुमा यसबाट दोलखा जिल्लाले उपयुक्त भुमिका निर्वाह गर्ने र पयर्टकहरु भित्रीनेमा ढुक्का हुन समेत आग्रह गर्नु भयो । नेपाल भौगोलिक तथा प्रकृतिक रुपमा निकै राम्रो र मनोमोहक भएको हुदाँ बिकास निर्माण गर्न निकै कठिन भए पनि, यहाँका अधिकांश भु–भाग तथा हिमाल र पहाडहरु, थुम्काहरु हेर्न र त्यहा बसेर योग ध्यान गर्नका लागि धेरै भन्दा धेरै विदेशी नागरिकहरु नेपालमा ल्याउन सकिने उहाँले जानकारी दिनु भयो ।
योग,स्वास्थ्य र पर्यटन जोडियो भने, प्रकृतिले दिएको सबै भन्दा राम्रो हावापानी र उच्च स्थानमा भएको कालिञ्चोक मन्दिर, विश्वको सबै भन्दा अग्लो स्थानमा रहेको च्छोरोल्पा हिमताल र नेपालको मात्रै नभई एसियाकै दोश्रो ठुलो खानी नेपाल ओरेन्ट म्याग्नेसाइट ढुङ्ग भएको जुन प्रतितोला लाखौको डलरमा बिक्रि हुने ढुङ्ग भएको स्थान र मेरेलोपाले ध्यान प्राप्ता भएको स्थान लप्ची गुम्बा लगायतका अति महत्पपूर्ण स्थान यही यही तपोभुमिमा रहेको समेत उहाँले जानकारी दिनु भयो । कार्यक्रम संचालन जिल्ला आयुर्वेदका निम्ति प्रमुख डाक्टर बिमल कुमार श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै सामाजिक क्षेत्रमा आयुर्वेद कार्यालय दोलखाले गरेका भुमिका र त्यसबाट हुने विभिन्न कार्यक्रमको बारेमा जानकारी श्रेष्ठले दिनु भएको थियो ।