रामेछापमा बस दुघर्टनमा १२ जनाको मृत्यु ८ जना घाइते

charchitaonline.com

फुर्बा तामाङ, चरिकोट, माघ २७, रामेछापको जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ६ बेनीघाट पुल नजिकै काठमाण्डौबाट सिरिसे ढाडे हुदै ओखलढुङ्ख तर्फ जादै गरेको बस मगलबार दुघर्टन भएको छ ।  दुर्घटन हुदा १२ जनाको मृत्यु भएको छ,  भने ८जना घाइते भएका छन । बा प्र ००१–०५ ख ९९७५ को पुर्व अरनिको यातायातको  बस मंगलबार बिहान १०ः ४० बजेको समयमा दुघर्टन भएको थियो । बसमा सवार १२ जना मृतक मध्ये ११जनाको सनखत भएका छन । जस मध्ये ७ जना .पुरुष र ५ जना महिला रहेका छन । एक जनाको सनखत हुना बाँकी रहेको छ ।

११ जनाको सनखत हुनेहरुमा  जिल्ला दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ७ बस्ने २५ बर्षको बबी तामाङ र सोही जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर ८ बस्ने ६० बर्षको मान बहादुर तामाङ रहेका छन भने  जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४का बस्ने बर्ष २८को दिपेश बस्नेत, सोही जिल्ला सोही ँपालिका बडा नम्बर ७ का  ३१ का तारा तामाङ, सोही पालिका वडा नम्बर ७ कै बर्ष १६ को रमिता तामाङ , सोही गाउँ पालिका वडा नम्बर ७ का बर्ष ३५ का सानुमाया तामाङ,सोही जिल्ला सोही गाउँपालिका वडा नम्बर ७ का भीम बहादुर तामाङ सोही गाउँ पालिका वडा नम्बर ४ का बर्ष २५का  दिपेन्द्र बस्नेत,सोही गाउँपालिका वडा नम्बर ६ का मान कुमारी बरुवाल, रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नम्बर ६ बस्ने बर्ष २४ विशाल सुनुवार, सिन्धुली जिल्ला गोलन्जोर  गाउँपालिका वडा नम्बर ६का बर्ष ३४ का शिव श्रेष्ठ र नाम थर बतन नखुलेको ५०–५५ को एक जना पुरुष रहेका छन । 

घाइते हुने हरुमा ५ जना पुरुष र ३ जना महिला रहेका छन । मन्थली नगरपालिका वडा नम्बर ११ का बर्ष ३१ को शुसान्त थापामगर (चालक)  जिल्ला रामेछाप खाडादेबी गाउँपालिका वडा नम्बर ३ का २१ बर्षिय समिर श्रेष्ठ, जिल्ला ओखलढुङ्ख खिजितेम्बा गाउँपालिका वडा नम्बर २ का बर्ष ४५ को जय बहादुर तामाङ,दोलखा जिल्लाको भीमेश्व नगरपालिका वडा नम्बर ७का बर्ष १६ की निलिम तामाङ, रामेछाप जिल्ला उमाकुण्डा गाउँपालिका वडा नम्बर ७ का बर्ष ६ का निष्म शेर्पा सोही जिल्ला सोही पालिका र सोही वडा बस्ने बर्ष ५२ को सोमडण्डी शेर्पा  रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर १२ का बर्ष ३३का देबकी खड््का र जिल्ला रामेछाप  लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ का बर्ष ५१ को लोलख बहादुर थापामगर रहेका छन ।  यात्रुबाहक बसमा कतिजना यात्री सवार थियो । भन्ने कुरा अझै एकीन हुनसकेको छैन । थप उपचार गर्नका लागि धुलिखेल अस्पताल  र काठमाण्डौको छाउनी अस्पताल पठाएका छन । उक्त घटनामा रामेछाप जिल्लाको १० सहित एकै पालिकाको ७ जना दोलखाका २ जनाले ज्यान गुमाएका छन । भने सिन्धुलीका एक जनाले घटना स्थलमै ज्यान गुमाएका छन । घटना स्थल रामेछापको ्सदरमुकामबाट अन्दाजी १२ किलोमिटर दक्षिण पुर्वमा रहेको प्रहरी नायव उपरिक्षक भोला भट्टले जानकारी दिनु भएको छ । 


प्रतिक्रिया