६ हजार भन्दा बढी नामावाली थपिएकाे जिल्ला निवार्चन कायार्लय दाेलखाकाे दाबी

charchitaonline.com

फुर्बा तामाङ,चरिकोट, फागुन २१ गते हुना गैरहेको निर्वाचनलाइ मध्य नजर गर्दै निर्वाचन कार्यालय दोलखाले मतदाता नामवली सावैजाकि गरिएका छन  । हालै सार्वजानिक गरेको तथ्याङ्क अनुसार नयाँ मतदाता नामावालीमा थप ६ हजार ६ सय ८७ जनाले निर्वाचन कार्यालय दोलखामा नाम दर्ता गरेका छन । जस मध्ये मतदाता नामााली त्रुटी सच्याउने १ सय ८४ जना रहेका छन । मतदाता नामावलीबाट नाम सार्ने ४ सय ५४ जना रहेका छन । त्यस  मध्ये बाह्य जिल्लाबाट दर्ता गर्नेको संख्या ९९ जना रहेका छन । 

९ वटा स्थानीय तहअनुुसार हेर्दा सबै भन्दा बढी भीमेश्वर नगरपालिकाबाट ४ सय २५ जना र सबैभन्दा कम ७५ जना  जिरी नगरपालिकाबाट मतदाता नामावलीमा नाम दर्ता गरेका छन । 

दोलखा जिल्लाबाट मंसिर ५ गते सम्म नामावाली दर्ता गराउने मतदाताहरुको संख्या १ लाख ६९ हजार ७ सय ६१ जना पुगेको निर्वाचन कार्यालय दोलखाका सूचना अधिकारी विशाल केसीले जानकारी दिनु भयो । सूचना अधिकारी केसीका अनुसार असोज सम्म मतदाता संख्या १ लाख ६३ हजार १ सय ३३ जना रहेको थियो । जिल्लामा आगमी फागुन २० गते सम्मा  १८ बर्ष उमेर पुग्ने मतदाता नामावलीको संख्या भने निर्वाचन आयोगले निर्धारण गरेर पठाउने निर्वाचन कार्यालय दोलखाले जानकारी दिएको छ । 

जिल्लामा २०७८ सालको जनगणन अनुसार १ लाख ७२ हजार  ७ सय ६७ जना जनसंख्या रहेको थियो । सो जनसंख्यालाइ तुल्ना गर्दा जिल्लामा मतदाता नामावलीमा नाम लेखाउनेको संख्या २०७८सालको जनसंख्या भन्दा ३ हजार ६ सय जना कम रहेको तथ्याङ्कमा उल्लेख भएको देखिन्छ  । 


प्रतिक्रिया