११ जना पुरोहितले ११ पटक भीम एकादशीमा रुद्री बाचन गरियो

charchitaonline.com

फुर्बा तामाङ चरिकोट, जिल्लाको मात्रै नभइ देशकै एक महत्व,धार्मिक विश्वास र आस्थाका धरोहर भएको  दोलखा जिल्लाका एक मात्रै चर्चित मन्दिर, जुन मन्दिरले राजदरबारसँग गहन सम्बन्ध राखेको पुरात्वतिक र पौराणीक कथा र किबदन्तीहरुमा समेत उल्लेख गरेको पाइन्छ 

दोलखा भीमेश्वर गुठीको आयोजनामा भिम एकादशीको अवसर पारी मन्दिर परीसरमा ११ जना बाहुनहरुले रुद्री पाठ गरीएका छन । 

धार्मिक मान्यतमा अनुसार भीमसेनको आरधनाबाट सन्तुष्टी भई आराध्यदेव भगवान महादेवबाट ऋणमा परेका व्यपारीहरुलाइ ऋण मुक्त गराउन सक्ने गरिएको दिनलाइ भिमएकादशी भन्ने किवतन्ती र मान्यत रहदै आएको छ । 

मन्दिर परिसरमा रुद्री,पुजा,पाठ  र होम यज्ञ गरेका छन । धुप,बत्ति बालेर भजन कीर्तन गरी विशेष पुजा गर्ने कार्य गरेका छन ।  १ जना बाहुनले ११ पटक पाठलाइ दोहो¥याउने र पाठ बाचन गर्ने काम गरेको समेत बाचकहरुले जानकारी दिनु भयो ।

११ जनाले रुद्रीकर्ताहरुले  ११ पटक बाचन गर्दा जम्मा १सय २१ पटक दोहो¥या बाचन  गरेको थियो । यो पाठ पुजा गर्नका लागि आवश्यक साथ सहयोग सबै भिमेश्वर गुठीले व्यवस्थापन गरी सबै प्रकारको पुजा–पाठ गर्ने समेत गुठीले बताउनु भयो । 

भीमेश्वर मन्दिरको जन्म दिनको रुपमा शुभ होस भन्ने उद्देश्य राखेर बाहुनहरुले रुद्री पाठ गरेका भएतापनि, यो पाठ बाचन सबैको लागि गरेको एक जना बाचकले भन्नु भयो । पाठ बाचन गर्नका लागि २ देखि साडे २ घण्ट लाग्ने समेत उहाँले जानकारी दिनु भयो । सबैको सुख,शान्तिको लागि यो पुजा,पाठ र रुद्री गर्ने गरेको र आगमी दिनमा दोलखा जिल्ला बासी मात्रै नभइ देशकै कल्याण होस भन्ने हेतुले यस प्रकारको बाचन हुने गरेको भिमेश्वर गुठीको सचिव राजेन्द्र नारायण श्रेष्ठले बताउनु भयो । 

म।न्दिर बाहिरा भीमेश्वर मन्दिर परिसरमा १० जना र एक जना भीमेश्वरको मन्दिर भित्रबसी उक्त पाठ बाचन गरेका थिए । भने पाठ बाचन गरी रह्दा सम्म सबैले निरन्तर रुपमा जल(पानी)चढाउने गरेको पाइयो । जल अर्पण गर्दा सबै प्रकारको दुखकष्ट नास हुने र जल नटुटाइ कन निरन्तर रुपमा चढाउनु पर्ने बताउनु भयो । 


प्रतिक्रिया