सातदोबाटेको कृषि बजार सिसडोल बन्दै

charchitaonline.com

फुर्बा तामाङ


चरिकोट, फागुन देशकै चर्चित बजार हो, दोलखाको चरिकोट बजार, यो बजारको बारेमा २÷३ ओटा पुराना भनाइहरुको उल्लेख गरिएका इतिहास भेटिन्छन । किराँतीछापमा किराँतबशं राजाले राज्य गरको भन्ने ऐतिहासी प्रमाणहरु समेत प्रयाप्त मात्रमा देखीन्छ । दोलखाको सदरमुकाम चरिकोट बजार भुकम्प  र कोरोनाको महामारी थलीएर उठ्दै गरेका बजार हो । 

राजधानी शहर काठमाण्डौबाट १३१ किलो मिटरको दुरीमा रहेको नजिकैको हिमाली जिल्ला दोलखा हो । हामीले दुइ दिनको प्याकेजमा बनाएर काठमाण्डौबाट, उच्च स्थानमा रहेको भगवती कालिञ्चोक मन्दिर, भीमेश्वर मन्दिर र शैलुङको सयौं थुम्का र गे्रटवालाको दृश्यवलोकन गर्न सकिन्छ । 

चरिकोट बजारमा करिब १० मीटर नजिकै रहेको कृषि बजारमा फोहोरको डङगुर देख्न सकिन्छ । नगरपालिकाको मुखैमा रहेको कृषि बजारको फोहोर नगरपालिकाले नउठाएको र जागीर मात्रै खाने भाडा नगरपालिका बनेको कारणले गर्दा सिसडोल बनेका छन । चरिकोट बजार, फोहोरबाट मोहोर बनाउने विदेशी प्रोजेक्ट कहा पुग्यो । खै कहाँ छ गोजीमा की खोजीमा आँखामा छारो टार्ने खालको केही भौतीक काम केही गरेका देखिता पनि खासै भने जस्तो रफतारमा भने काम हुना सकेन ? कवार्कड हलको काम त्यस्तै बाकी नै देखिन्छ,काम सुरु गर्ने तर बजेट नभएको र सरकार परिवर्तण हुने वितिकै बजेट नराख्ने भएको हुदाँ पनि काम भनेको जस्तो र भनेको समयमा हुना सकेको छैन । 

कुनै बर्ष भीमेश्वर नगरपालिका देशैको सबैभन्दा फोहोर नगरपालिकामा गन्न लायक बनेका छन । कुनै दिन दोलखा जिल्लाको भीमेश्वर नगर पालिका स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा निरन्तर रुपमा ओरालो तिर लम्की हुनु रहेका छन । नगर पालिकाको बि.स २०७७ सालदेखि हाल सम्म ५ बर्ष सम्म थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा हेर्दा सबैभन्दा बढी भीमेश्वर नगरपालिकाको सूचाङ्क घटेको देखिन्छ । दोलखा जिल्लाको ५बर्षको डाटा हेर्दा स्थानीय तह संस्थाको क्षमता मूल्याङ्कनमा शैलुङ गाउँपालिकाले सधैभरी आफुलाइ अग्रास्थान कायम गर्न सफल भएका छन । 

यस अघिको भीमेश्वर नगर पालीकाको स्थानीय तह संस्थाको क्षमता मूल्याङ्कनमा विगत लामो समयदेखि झन तलतिर खस्केको देखिन्छ । २०८१ आइपुग्दा सम्म हेर्दा जिरी, शैलुङले प्राप्ताङ्क ८९ पाएका छन, भने मेलुङले ८४ रहेका छ भने कालिञ्चोक ८३ पाएका छन भने बिगु गाउँ पालिकाको स्थानीय तह संस्थाको क्षमता मूल्याङ्कनमा ८१ अंक प्राप्त गर्दा समेत भीमेश्वरले ७५अंक पाएको देखिन्छ । यसो हुनु भएको नगरपालीका असक्षम हुदै गएको देखिन्छ । विकास निर्माणका काममा समेत अरु पालिका भन्दा निकै कम भएको देखिन्छ । हालको प्रदेश मान्य भरत बहादुर के.सीको पालामा भएको विकास निर्माण बाहेक थप केही नयाँ काम भएको देखिन्न, ।

के.सी मेयर हुदाँ जिल्लाकै उत्कृष्ट नगरपालिका भए पनि हाल आएर इश्वर मान्नधरको पालमा त्यो प्राप्ताङ्क ओलारो गतिमा (उल्टो दिशातिर) खस्केको देखिन्छ । के.सीको पालमा औलामा गन्न सकिने पार्कहरु – पाण्डप पार्क,मयुर पार्क, साइन्स पार्क र जिल्लाको लोपउन्नमु थामी जातीको उद्गम स्थल राङराङथलीमा थामी जातिको संग्राहलय निर्माण गरेका थिए । गुरु रेम्पोचेको शालिक तथा गुम्बा र च्योतेनहरु समेत निर्माण भएको थियो भने नगरपालिकाको केही स्थानहरुमा भ्यू टावर पनि निर्माण गरेका थिए । नगरपालिकाको सपिङ कम्प्लेक्स (बजार घर) निर्माण गरेका थिए । 

तर यस पटक भने त्यसो हुना सकेन नगरपालिका प्रमुख उपप्रमुख देखि  प्रविधिहरु कमिसनको जालोमा उनीन पुगेका छन । पहिला जिल्ला विकास समितिको दोलखा हुदाँको एक समुह(जथा) नगरपालिकामा हुदाँ सम्म घुस र कमीसनको जालो नहट्ने देखिन्छ एक स्थानीयल भनेका छन । कुनै पनि सामान तथा विज्ञापन लिदा वा दिदा समेत कमिसन माग्ने गरेको खुल्न  आएको छ । त्यसैगरी उपभोक्ता समितिमा काम गर्र्दै समेत १० देखि २५ प्रतिसत सम्म कमीसन खाएको प्रमाणहरु विस्तारै बाहिरीदै आएको छ । 

अनुगमन गर्ने तर जुन स्थानको बाटो कम्जोर छ, त्यही उत्कृष्ठ भएको भनि पास गर्ने चलान पनि बढ्दो छ । यसबाट जनतामा बितृष्ण जाग्न गइ त्यसको परिणाम चुनाबी माहोलमा देखिन थालेको देखिन्छ । कुनै बेल एउटै परिवारको व्यक्तिहरु स्थानीय तहको उच्च पदमा पुग्न र सधै एउटै परिवारको मान्छे दोहो¥याउने हुदाँ समेत राजनितीमा खिचडी बनी विकासका कार्यमा समेत त्यसको प्रत्यक्ष असर परेका देखिन्छ । 

विकास भन्दा पनि कमीसन र घुसको बारेमा सोच्दा नगरपालिका लगभग चुर्लुम्मै दलदलमा डुबुल्की मार्न पुगेका छन । बिकास काम राम्रो भन्दा पनि भनसुन र कमिसनमा सही गर्ने बानीले प्रविधिहरु समेत सबै दुधको साछी बिरालो बन्न पुगेका छन । यो त एउटा प्रनितिधी घट्ना मात्रै हो । यस्तै एक गरिब परिवारको घुस र कमिसन  खानका लागि बनाएको रिर्चाज पोखरीले बगाएको घरको अतोपतो छैन जुन ३ बर्ष विति सक्दा पनि राहतको महसुस गर्न सक्केका छैन्न । 

हाल आएर पहिले खोलेका केही सडकहरुमा ढलान र कालोपत्रे गर्ने काम बाहेक केही पनि माखा मार्ने काम गरेका देखिन्न । नगरपालिकामा प्रमुख तथा उपप्रमुखहरु भाषणमा दिन विताउने तर काम भने कम गर्ने गरेका देखिन्छ । 

यसबाट जनताले के सिक्ने त्यो प्रश्न आजको निकै टड्कारो बनेका छन ।


प्रतिक्रिया