फुर्बा तामाङ, चरिकोट,फागुन Þ७, पुर्व सूचना तथ संचार मन्त्री पार्वत गुरुङ भन्नु हुन्छ “अबको चुनावी एजेन्ड भनेको जेन्जी युवाहरुको माग सम्बोधन गर्नु हो । उनीहरुको माग सम्बोधन गर्नका लागि जस्तोसुुकै परिस्थीतको सामान गर्नु परे पनि आफु पछि नहट्ने र ज्यान दिन समेत तयार रहेको उदघोष गर्नु भयो” । दोलखा घर भइ काठमाण्डौमा रहेर विभिन्न व्यवसायी गरी रहेका युवाहरुलाइ भेटघाट गर्ने राखिएको कार्यक्रममा उहाँले यस्ता भन्नु भएको हो । अब म यदि कसैको लागि काम गर्छु भने स्वदेशी र विदेशमा रहेको युवाको लागि काम गर्ने समेत उहाँले बताउनुभयो । स्वदेशमा युवा फर्काउने अभियान अन्तरगत आगमी दिनमा सबै जग्गा जमिनमा खेती गरी बन्यजन्तु (बादरका)े उचित नियन्त्रण गर्नु पर्ने र बाली बिमाको क्षेत्रमा अग्रगामी छलङ मार्नु पर्ने समेत बताउनु भयो ।
मन्त्री गुरुङले आफुलाइ अहिले सम्म कुनै पनि प्रकारको दाग नलागेको र भ्रष्ट्रचारको दाग लागेमा फासीमा चढ्न तयार भएको समेत उद्घोष गर्नु भयो । देशको सबै भन्दा महत्वपूर्ण अंग मानिने युवाहरु देश पलायन हुनुले देश बिस्तारै फेरी गरिबीको रेखातिर लम्कीदै गएकोले त्यसमा पनि चुनौती रहेका भन्दै मन्त्री गुरुङले भ्रष्ट्रचार गरेको भए मलाइ यहीबाट लखेट्न समेत सो भेटघाट कार्यक्रममा भन्नु भयो ।
नयाँ भन्ने पाटीहरुले देशलाइ विकृती र बिसंगतीतिर लैजानु लागेको र नयाँ के कुरामा नयाँ हो, विकासमा कि बिनासमा अनि नयाँ योजना के छ,। कुन सडक वा कुन राजमार्ग नयाँ अनि कुन विकास निर्माण नयाँ, अनि कुन कार्यक्रम नयाँ त्यस्तो नयाँ भनाउदा हरुले कति काम गरेकाो छ । कुन योजनाबाट दोलखा विकास निर्माण गरेका छन त्यो देखाउन समेत चुनौती दिनु भयो । जनतालाइ कुरामा नयाँ नहुन र काम नयाँ, योजना नयाँ, अनि कार्यन्वयन नयाँ बनाउन समेत आग्रह गर्नुभयो । यदि दोलखा जिल्लाको विकास निर्माण गर्ने कुनै व्यक्तिको नाम लिने हो, भने यो गुरुङको छोराको नाम नजोडिएको योजना छैन र जिल्ला विकासको सभापति लालकुमार केसी हुदाँ समेत आफुले दोलखाको रोडम्याप बनाउनु काममा सरिक भएको बताउनु भयो ।
सामाजिक संजालको दुरुप्रयोग गरी दिग्भ्रमित पारेर कति दिन जनतालाइ गुमनाम राख्ने समेत उहाँले प्रश्न गर्नु भयो । कुनै सार्वजानिक निकाय जलाएर नयाँ हुने, कुनै पनि देशमा आगो लगाएर नयाँ हुने र कुनै, कानुनी मुलुकमा कानुनीको सर्वोच्च शिखरमा आगो लगाएर नयाँ हुने भए । हामीले २०४६ सालमै नयाँ बनाउथे,२०६४ मा अरु पाटीले नयाँ बनाउनु र नयाँले के गर्दो रहेछ भनेर, आफुहरुले बहुमतको कार्यशैली र जेन्जी सरकारको हुती हेरेको पूर्व मन्त्री अर्थ मन्त्री रचना खड्काले बताउनु भयो ।
मन्त्री गुरुङका अनुसार यदि विकास निर्माणको कुनै योजनासँग र दोलखाको सबृद्धिसँग प्रत्यक्ष रुपमा जोडीएको पाटी छ, भने त्यो नेकपा एमाले भएको र देशलाइ सूरुङ युगमा पु¥याउने कुनै पाटी छ भने, यही पाटी हो भन्नु भयो । देशमा पेट्रोल र ग्यास खानीको खोज गरेर पत्ता लगाउने काम र देशको जिडिपी बढाउने काममा एमालेको भुमिका अग्रस्थानमा रहेको समेत बताउनुभयो ।
यदि नेपालमा बिद्युतीय युगमा परिर्णत गर्ने कुनै पाटी छ भने त्यो एमाले हो । दोलखाको किर्नेटारमा पहिलो पटक विद्युत उत्पादन हुदाँ अरु देशसँग सम्झौता गरी व्यापार गर्न लाग्दा,पहिलो पटक जिल्लामा बत्ती हुनु पर्छ नत्र हामी बिद्युत दिन्न भन्ने पाटी यही हो भनेर भन्नु भयो । यदि विकासको कुनै पनि क्रान्तिमा एमालेको सहभागिता नभएको साहेद कम होला भनेर उहाले जिकिर गर्नु भयो ।
जिल्लाभरी मात्रै नभइ देशैभरी खनेको सडक निर्माण पश्चात कालो पत्रे गर्ने काम अव उहाँको प्रथामिकतामा रहेको र सुरुङमार्गको निर्माणको लागि विभिन्न स्थानहरुमा अध्ययन÷अनुसन्धान गरी रहेकोले आगमी दिनमा चिनसँग विआरआइ परियोजना सम्झांैता गरी कुरा अगाडी बढाएकोले छिटै पुरा हुने उहाँले भन्नु भयो । अपर तामाकोशी हाइड्रोपावर निर्माण १ देखि ५सम्म बनाउन आफुले जिल्लाको लागि ठुलो योग्दान दिएको समेत सो भेलामा बताउनु भयो । यसैगरी कुनै पनि विदेशी शक्तिहरुको आग्रहमा, विदेशीहरुको सहयोगमा चलेको आन्दोलले नेपाललाइ मात्रै नभइ विश्वलाइ ध्वस्ता पारेको समेत उहाले बताउनु भयो । यहाँ धेरै थरीका जातजाती,धर्म र भाषाभाषीहरु रहेको हुदाँ त्यही देश हेर्नका लागि विदेशी आउने र आफुले सो भाषा र जातीको सम्बोधन गर्नका लागि हुलाक टिकट विभिन्न जातजातीको नाम राखेर छापेको स्मारण गर्नु भयो ।
देश विकास गर्नका लागि जनताको घर–घरमा गएर दुख बुझी,कानुनी समाधान गर्नु आजको आवश्यकत रहेकाले आफ्नो उम्मेदवार भएको समेत उद्घोष गर्नु भयो । जुन पाटीले शु–सासनको कुरा गर्छ, त्यही पाटीको कुनै उम्मेदवारले अरर्बौ सहकारी ठगी गरेको, जो देशभक्तिको कुरा गर्छ,त्यसैले विश्व सम्पदा सूचीमा रहेका स्थानहरु र विश्वले मान्यता दिएको पुरात्वतिक महत्वको कुनै ,पनि बस्तुहरुलाइ खरानी बनाउछ । अनि भाषणमा भन्छ म देशलाइ अमेरीका बनाउछु , नारीलाइ बलत्कार गर्नु भनेको एक झापड हान्नु जतिको हो, गाइलाइ काटेर खानु पाउनु पर्छ र विभिन्न भ्रमको खेती गरेर देखाउनेलाइ राज्य द्रोहको कानुन किन लगाउदैन । भन्नु भयो , यसो गर्नेलाइ राज्यले के गरी राखेकोछ कुनै पाटीलाइ छुट दिने र कुनैलाइ नदिने कानुन कस्को लागि बनेका हो भनेर प्रश्न समेत गर्नु भयो ।
त्यसैगरी एक बुद्धिजिवि एवम् राजनितिक बिश्लेषकले भन्नु भयो , देश अवको केही समयमा सामाजिक आर्थिक र विभिन्न कुरितीको जडबाट नष्ट हुने स्थितीमा पुगेको छ । खरर्बौ लगानी स्वाहा भएको छ , विकास निमाणले बल्ल ताते ताते गरेको देशमा फेरी डडेलो गएको छ । अब यो पाटी र त्यो पाटी भन्दा पनि देश बचाउने र हामी नेपाली हो भनेर शिर ठाडो बनाएर हिड्ने पाटीमा लाग्नु सबैमा आग्रह र अनुरोध गर्नु भयो । पशुले खाने घाँस र पानी खानेले अनि कति ओटा नागरिकता लिने, कहिले त्याग गर्ने र कहाँ कतिओटा मुद्दा छ भनेर बुझेर मात्रै सोचेर भोट(मत) दिन आग्रह गर्नु भयो । नत्र देश युक्रेन र बगलादेश नबन्नल भन्न सकिन्न उहाँले भन्नु भयो ।