फुर्बा तामाङ (चरिकोट) फागुन २४,
पूर्व सूचना तथा संचार मन्त्री पार्वत गुरुङले आइताबार विहान दोलखाबाट निर्वाचित रास्वपका जगदिश खरेललाइ शुभकामना दिदै आफुले अव दोलखा जिल्लाको विकास निर्माणको सबै जिम्मा तपाइलाइ सुम्पेको छु भन्नु भयो । जनताको जनमतलाइ कदर गरी मतको उचित प्रयोग र समाग्र जिल्ला विकासको काम गर्नु हुन समेत आग्रह र अनुरोध गरेका छन ।
जिल्लाको विकासमा मैले गरेको भन्दा राम्रो र उत्कृष्ठ काम गरेर जनताको मन जित्नुहोस, जसले जितेनी हामी दोलखाली दाजु भाइले जितेका हो । हामी सबै सगै हातेमालो गरेर जाने समेत आग्रह र अनुरोध गर्नु भयो । लोकतन्त्रमा जनताको मत नै अन्तिम निर्णय हुने भएको हुदाँ जनताबाट प्राप्त जनादेशप्रति म अघात माया प्रेम छ । यो चुनौतीपूर्ण अबस्थामा मलाइ चुनावमा साथ र सहयोग गर्ने नेताकार्यकर्ता, जनता, पत्रकार,आदरणीय आमाबुबा दाजुभाइ तथा दिदि बहिनीहरु सबैलाइ हार्दिक कृतज्ञता छ भन्नु भयो । जननेता मदन भण्डारीको भनाइमा यो छकी जनताले हामीलाइ मन गराए कुर्सीमा आसिन गराए भने,हामी त्यही बसेर जनताको सेवा गर्नेछौ । यदि जनताबाट हामीलाइ त्यो हौसियत प्राप्त भएन भने पनि हामी कुर्सीमा भन्दा तल गजरामा, चटाइमा, धुलोमा बसेर आफ्नो सेवा कार्यलाइ निरन्तरता दिनेछौ । कोहीवाद छैन ।
सामाजिक तथा आर्थिक रुपान्तरण, सामाजिक न्याय,सुशासन र राष्ट्रियताको पक्षमा अनि जनताको हितमा हामी अझ दृढतापुर्वक लागि रहने संक्लप गर्ने उहाँले भन्नुभयो । सत्तामा मात्रै हैन राजनितिमा कहिले काही समाजसेवामा झनै सुन्दर देखिन्छ । जनताको माझमा गौरीशंकर जस्तो अटल, अडिग र तामाकोशी जस्तो निरन्तर बगी रहने छौ । निर्वाचनलाइ शान्तिपूर्ण,स्वास्थ्य वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भुमीका निर्वाह गर्नु हुने मुख्य निर्वाचन अधिकारी,,प्रमुख जिल्ला अधिकारी सम्पुर्ण सुरक्षाकर्मीहरु, निर्वाचन प्रहरी कर्मचारीहरु, राजनितिक दलका प्रतिनिधिहरु सबैलाइ हार्दिक धन्यवाद अपिल गर्दछु भन्नु भयो ।
आगमी दिनमा जनताको साथ सहयोगमा रहने र जनताको मुद्दालाइ पहिलो प्रथामिकतामा राखेर हिड्ने उहाँले भन्नु भयो । हामीले गरेको विकास निर्माणको काममा जनचासो नदेखीएको र जनताको इच्छा अनुसार विकास नगरेको भान भएको महसुस भएको हुदाँ हामीले सबैलाइ आगमी दिनमा समेटेर जाने समेत उहाँले भन्नु भयो ।