ढूक्कासँग मतदान गर्न सबैमा आग्रह

charchitaonline.com

फुर्बा तामाङ चरिकोट, फागुन १९,दोलखा जिल्ला स्थित चार ओटैं सुरक्षा निकायको परिचालन गरी सकीएको हुदाँ आफ्नो अमूल्य मत ढुक्कासँग दिनु हुन प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अपिल । नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाली प्रहरी र निर्वाचन प्रहरीलाइ सम्बन्धीत स्थानहरुमा परिचालन गरी निर्वाचन सुरक्ष कडा पारेका छन । जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य र मजबुद रहेको जिल्ला अधिकारी घिमिरेले जानकारी दिनु भयो । सुरक्षा सम्वेदनशीलताको आधारमा सुरक्षा बेसक्याप  स्थापना गरी शान्ति सुरक्षाको व्यवस्थपन गरी र सबैलाइ जनचेतनामुलक कार्यक्रम गरी रहेको समेत उहाँले जानकारी दिनु भयो । 
यो बर्ष केही स्थानहरुमा सिसि टिभीको व्यवस्थान गरी विभिन्न माध्यमबाट अनुगमन गरी रहेको समेत जानकारी दिनु भयो । विगतको भन्दा यो पटक सुरक्षा मजबुत भएको हुदाँ नागरिकलाइ निर्धक्क भएर मत दिनु हुन मतदाताहरुलाइ आग्रह र अनुरोध गर्नु भयो ।  
 दोलखाका सबै स्थानीय तहमा रहेको बुथमा सुुरक्षा टोली, मतपेटीका र मतदान गर्नका लागि आवश्यक सामग्री पुगी सकेको जानकारी दिनु भयो । जिल्ला भरी रहेका विभिन्न क्षेत्रहरुमा केही दिन अघिदेखि हिडेर पुग्नु पर्ने बाध्यता रहेको हुदाँ मतदान स्थानहरुमा पुगी सुरक्षा गरी रहेको समेत जानकारी दिनुभयो ।
जिल्लामा रहेको सबै सुरक्षा निकायसँगको छलफलमा हामीले सबैखालको सुरक्षा अपनाएका छौ । यस पटक नेपाली सेना र शसस्त्र प्रहरीले आवश्यक अनुगमनको रुपमा खटिएका हुदाँ प्रत्येक बुथमा केही समयको अन्तरमा अुगमन  गरी पहिले भन्दा केही फरक पार्न खोजेको समेत अधिकारीले जानकारी दिनु भयो । 
प्रत्येक पटका कब्जा हुने बुथहरुमा कडा सुरक्षा घेराभित्र सुरक्षित रुपमा मत दिन पाउने .वातावरण बनाएको यहाँले दाबी गर्नु भयो ।  हिजो मात्रै जिल्लाको सबै जसो स्थानमा आधुनिक उपकरण व्यवस्था गरेको समेत उहाँले बताउनु भयो । जिल्ला भित्रने सबैजसो नाकाहरुमा चेक पोष्ट खडगरी उच्च स्तरको चेकजाँच गरी सवारी साधनहरु भित्रीने व्यवस्था मिलाएको समेत जानकारी दिनु भयो । 

प्रतिक्रिया