दोलखामा चार दलको प्रस्पिर्धात्माक भिडन्ता

charchitaonline.com

फुर्बा तामाङ चरिकोट, फागुन २० ,दोलखामा चुनाबी माहोलले चरम उत्कृष सहित अन्तिम चरणमा पुग्दै गर्दा दलहरु विचमा कडा प्रतिस्पर्धा देखिएका छन । प्राय ः सबै जसो पाटीले आफुले जित्ने भनी अड्कल बाजी गरीरहदाँ ४ ओटा दलले आफुहरु कडा प्रतिस्पर्धामा रहेको समेत जानकारी दिनु भएको छ ।     

जिल्लामा प्रतिनिधी सभाको प्रत्यक्ष रुपमा उम्मेदवार मध्ये दुइ जना उम्मेदवारहरु यस अघिनै मन्त्रीहरु भैसकेका मान्यहरु हुन, नेकपा एमालेबाट नेपाल सरकारको प्रवक्त,सूचना तथा संचार मन्त्री पार्वत गुरुङ र बन वातावरण मन्त्री बिशाल खड्काले पनि आफुले जित्ने भनी दाबी गरी रहेका छन । 

विकास निर्माणको कुरासँगै जोडेर हेर्दा २०५४ साल देखि जिल्ला सभाको सदस्य रहेको हुदाँ उक्त समयदेखी जिल्ला विकासको खाका कोर्दै आएको हुदाँ आफु बलियो र विकास प्रेमी भएको बताउनु भएको छ । त्यही बेला जिल्ला सभाको नाममा धितोमा डोजार निकालेर मुडे–मेलुङ सडकको ट्याक खोल्ने काम गरेको समेत जानकारी दिनु भयो । पछि करौडको डोजार माओवादीले शैलुङको चयचापको खोलामा जलेको अवस्थामा रहेको भेटिएको जानकारी दिनुहुदै को विकास प्रेमी र को विकास विरोधी छान्ने पालो सबै दोलखाली जनतालाइ प्रदान गरेको भन्नु भयो । दरबार चलाउने देशको सबै महत्वको अति महत्वपूर्ण बस्तु चलाउने र शुसासनको कुरा गर्नेले आफुपट्टी फर्केर हेर्नु हुना समेत  आग्रहगर्नु भयो ।  विकास निर्माण गर्ने क्रममा दोलखाको सबै सडकहरुको नाम २०५४ सालमै राखेको समेत पूर्वमन्त्री गुरुङले जानकारी दिनु भयो । जस्तै ः सुनखानी–साङबा सडक, सिताथान–झ्याकु हुदै चुखुमार्बु सडक, चरिकोट–लामाबगर सडक, जिरीमाली–श्यामा सडक, भिरकोट जफे,मालु,सहरे, च्यामा, हावा जिरी सडक, चरिकोट–कुरी सडक लगायतका धेरैजसो सडकहरुको नाम राखेको सम्झीनु भयो । 

पछि लामाबगर लम्ची सम्म सुरुङमार्ग मार्फत चिनको सिधै जोडिने त्रिदेशीय सडकको नाम र अपरतामाकोशी हाइड्रोपावर १ देखि ५ सम्म निर्माण गर्नको लागि पहल कदमी चालेको समेत उहाँले दाबी गुर्न भयो । 

यता नेपाली कम्न्युनिष्टपाटी(पूर्व माओवादी) पाटीका उम्मेदावर विशाल खड्काले आफु मन्त्री हुदाँ बिकास बजेट चारैतिर प्रदान गरेको र देबी खड्का राज्य मन्त्री भएको बेला भएको लामोसागु जिरी सडकको ठेक्काले सडक यो अवस्था हुदाँ पनि त्यसको पुरा गर्नका लागि आफ्नो उम्मेदवार भएको दाबी गरेका छन । 

यता नेपाली काग्रेसका अजयबाबु  शिवाकोटीका अनुसार जिल्लामा हामीले युवा नेतृत्व खोजेको हुदाँ त्यसको माग पुरा गर्नका लागि आफ्नो उम्मेदवार भएको भनेका छन । अजयबाबु यस अघि सक्रिय रुपमा पत्रकारीता पेशमा आवद्धता रहेका थिए । तर राजनितिक आस्था र विश्वास बोकेर आफु अगाडी बढदै आएको उहाँले भन्नु भयो । 

राष्ट्रिय स्वतन्त्रका जगदिश खरेलका अनुसार आफु पत्रकारमा सक्रिय रही राजनितिक माहोल नजिकैबाट हेरी रहेको हुदाँ आफ्नो उम्मेदवारीले सार्थकता पाउने दाबी गर्दै आएका छन । अहिलेको माहोल हाम्रो पाटीका लागि रहेको छ । म युवा र विकास निर्माणको पक्षमा छु उहाँले भन्नु भयो । 

दोलखामा मागोल अर्गानाइजेसन पाटी र उज्यालो नेपाल पाटीले पनि आफ्नो पक्षमा माहोल तताउदै आएको देखिन्छ । किनकी दोलखा जिल्लामा ४०÷५० हजारको हाराहारीमा तामाङ समुदायको बस्ती रहेको हुदा आफुहरुलाइ अवको चुनावमा जिताउने माध्य भन्दै आएका छन । हामीले जातीय राजनिति भन्दा माथि उठेर काम गरि रहेको समेत उनीहरुले दाबी गर्दै आएका छन । उज्यालो पाटीका उम्मेदवार निमाधोर्जे लामा र  मंगोल अर्गानाइजेसन पाटीको कुमार तामाङले पनि आफुले बाजी मार्ने जानकारी दिदै आएका छन । जिल्ल्लाको सदरमुकाममा रहेका विभीन्न राजनितिक दलका पाटी प्रतिनिधिहरुले आफ्नो पोल्टामा चुनावी माहोल रहेको भनी अड्काल बाजी गरीदै आएका छन ।

यता राजनितिक विश्लेषकहरुका अनुसार विस्तारै जनता परिमार्जीत हुदै आएकोछ ।  नयाँ विचार नयाँ पाटी र नयाँ कुराको समेत चासो र चिन्ता बढ्ने थालेका । केही काम गर्न र गराउने समेत नयाँको अनुहार तथा जातिय मुद्धाको रुपमा अगाडी बढाउनका लागि आवश्यक पर्ने जनशक्ति भनेको जातीय मुल मुद्धाको पेरिफेरीमा काम गर्ने पाटी नै हामी हौ भनेका छन । 

नेपालमा पुरानोले के ग¥यो भन्ने एउटा भाष्य र मन्त्रीहरु जतिनै पटक भएपनि के गर्यो, भनेको पाइन्छ प्रश्नमा मन्त्री गुरुङ भन्नुहुन्छ, । विकास निर्माण भनेको कुनै जादुको छडी नभएको २०३४ साललाइ सम्झीनु पर्ने अनि पहिले कुन अवस्था थियो भन्ने कुराकों सबैले मम गर्नु पर्ने बेला आएको समेत जानकारी दिनु भयो । अहिले कुन अवस्थामा हामी छौ,भन्ने कुरामा स्प्रष्ट रुपमा बुझ्नु पर्ने बताउनु भयो । कुनै समयमा स्प्रष्ट बहुमत आउदा समेत दोलखा विकासमा सिन्को नभाँच्ने पाटीहरु पनि रहेको छ भनि केही आलोचना समेत गर्नु भयो । विकास निर्माणको नाममा कमीसन खाएको । सानातिना बजेटमा समेत घुुस मागेको त्यस्ता प्रमाणहरु हामीसँग रहेका खुलासा गरेका छन ।

पूर्व सूचना तथा संचारमन्त्री गुरुङका अनुसार जिल्लामा आफु जनताको विकास निर्माणको कामलाइ शिरोपर गरी आफु लाइ कुनै मुद्धा नलागेको हुदाँ अब्बल रहेको समेत जानकारी दिनु भयो । म जन्मेको दोलखाको विकासको लागि हो र मेरो रगत पसिनामा पनि दोलखाको रंग मिसीएको बताउनु भयो ।  अहिले सम्म गरेको परिश्रम, मिहिनेत गरी काम गरेको र म जे गर्छु सबै यही जिल्लाको लागि गरेको दाबी गर्नु भयो । दोलखाको विकासको (रोडम्याप) रुपरेखा कोर्ने आफु रहेको हुदाँ आफुले एक रुपैयाँ खुस खाएको भए आफुलाइ जनताले फासी दिनु भए हुन्छ,  सहज स्वीकार्ने भन्नु भयो । 


प्रतिक्रिया