निर्वाचन आचार संहिता पालन गर्न सरोकारवालासँग अन्तरक्रिया सम्पन्न
मुख्य निर्वाचन कार्यालय दोलखाले आचारसंहिता सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न
फुर्बा तामाङ(रासस) चरिकोट,१२, आसन्न प्रतिनिधि सभा निर्वाचनलाइ,स्वच्छ, निष्पक्ष,मितव्ययि र पारदर्शि तुल्याउने उद्देश्यले मुख्य निर्वाचनका कार्यालय दोलखाले निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनको बारेमा अन्तरक्रिया तथा सरोकारबालसँग छलफल जानकारी गरेका छन ।
जिल्लाभरी रहेका सबै सुरक्षा निकायहरु, नेपाली प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, निर्वाचनमा भाग लिने सबै दलका उम्मेदवारहरु, कर्मचारी र अन्य सरोकारवाला सबैलाइ मुख्य निर्वाचन कार्यालयको आचार संहिताको पालन सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेका हुन
कानुनी रुपमा ब्रजित गरेको केही विषयहरुलाइ लिएर निर्वाचनको बेलामा प्रयोग गर्नु हुने र नहुने तथा कानुनी रुपमा आचारसंहिताले तोकिए अनुसार हुना आउने र नहुने,प्रयोग गर्नु पाइने र नपाइने बस्तु सेवाको सम्बन्धी जिल्लाका सरोकारवालाहरुसँग सबै अन्तरक्रिया गरेका छन ।
कानुनी अधिवक्त कृण्ण बहादुर बस्नेका अनुसार निर्वाचन आचारसंहिता यसअघि भन्दा केही फरक भएको महसुस गरेको बताउनु भएको छ । बस्नेत भन्नु हुन्छ, पहिले भन्दा केही परिमार्जीत भएका पाइयो । पहिले भन्दा अहिले सबै दलहरुले निर्वाचन खर्च पारदर्शीता गर्नका लागि बैक खाता छुट्टै खोल्नु पर्ने र पाटीहरुले नेपालको राष्ट्रिय झण्डाको प्रयोगमा कडाइ गरेको बताउनु भयो । अधिवक्त बस्नेतका अनुसार एक पाटीमा एक पटकमा १० ओटा भन्दा बढी नेपालको झण्डा प्रयोग गर्न नपाइने र कम्बर भन्दा माथि मात्रै प्रयोग वा झण्डाको ट्याटु राख्न पर्ने व्यवस्था रहेको समेत जानकारी दिनु भयो
जिल्लामा रहेको मुख्य सूचना अधिकारी तथा सहायक अधिकृतका अनुसार आचारसंहिता कडा भन्दा कडा रुपमा लागु हुने र लागु गरिने सबैमा जानकारी दिनु भयो । त्यसको संहिताको पालन नगर्नेलाइ कानुनको दफा, उपदफा र कसुर मानि,विभिन्न महल अनुसार कानुनी रुपमा कारबाही गर्ने समेत बताउनु भएको छ ।
तपाइ हामीले प्रयोग गर्दै आएको सामाजिक सञ्जालमा समेत यस अघि भन्दा बढी कडाइ गरेको निर्वाचन कार्यालयले जानकारी दिएका छन । सामाजिक संजालमा उम्मेदवारहरुलाइ प्रभाव पार्ने वा आचार र्संहिता विपरित हुना आउने सबै खालको चुनाबी प्रचार–प्रसार र कुनै पाटीको कुनै कार्यकर्ता जो कसैको पक्षमा समाचार सप्रेसन गर्न नपाउने समेत जानकारी दिनु भयो ।
मुख्य निर्वाचन कार्यालय दोलखाले निर्वाचनको बेला हुना सक्ने बालबालिकाको प्रयोगमा समेत कडा भन्दा बडा कारबाही चलाउने निर्णय गरेका छन । चुनावमा भोट माग्न वा कुनै पनि वाहानबाजीको लागि उक्त क्षेत्रमा प्रचार प्रसार, कुनै पनि मतमाग्ने काममा १८ बर्ष भन्दा कम उमेरका बालबालिकाहरुको प्रयोग भएमा, गरेमा विभिन्न दफा अनुसार कारबाही गरिने समेत बताउनु भयो ।
निर्वाचन आचारसंहिता २०८२पुष १२ गते खण्ड ७५ (अतिक्तिाङ्क ३९) मा नेपाल राजपत्राम प्रकाशन भई लागु भै सकेको छ । उक्त आचार संहिताको दफा १६ मा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैक वा वितिय संस्थामा छुटै खाता खोली सोही खाताबाट कारोबार गर्नु पर्ने समेत अन्तरक्रियामा जानकारी दिनु भएको छ । उम्मेदवारले खर्च गर्दा निजको खर्च गर्नका लागि पदाधिकारी तोकिनु पर्ने र सोही अनुसार तोकिएको व्यक्तिबाट मात्रै खर्च गर्नु पर्ने र सबै प्रकारको खर्चलाइ बैक वा वित्तिय संस्थाबाटै गर्नु पर्ने प्रवधान अबलम्ब गर्नु र गराउनु हुना सबै सरोकारवालाइ हार्दिक अपिल समेत गर्नुभयो ।
दलिय तथा स्वतन्त्र उम्मेदवारहरु सबैले खर्चको विवरण बैकिङ कारोबार गर्ने वित्तिय इजाजत प्राप्त गरी वित्तिय जानकारी इकाइ (फाइन्नसीयल इन्फोरमेसन) मा आबद्ध रहेको बैक तथा वित्तिय संस्थाहरुमा आम निर्वाचन समाप्त भइ आयोगद्धारा निर्णय गरी बन्दा गर्न नलगाए सम्म बन्दा नगर्ने गरी संचालन गर्न सबैमा आग्रह र अनुरोध गर्नु भयो ।
फुर्बा तामाङ, चरिकोट, मोटर साइकलमा पछाडी सवार महिला अचानक सारी टायरमा बेरीन गइ बाइक लडेर घाउते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनु भएको छ ।
सदरमुकाम चरिकोट बजारबाट शेरबेसी तर्फ जादै गरेको भित्री सडक खण्डको फल्कोधनी तफ जादै गरेको सुरेश खत्रीले चलाएको बा ५३ प ६८६१ नम्बरको मोटरसाइकल पछाडी सवार सोही स्थान बस्ने ६३ बर्षिय सानुमाया सुवेदीले लगाएको सारी टायरमा बेरीन गइ सानुमायाकोे बाँया घुडादेखि मुनी ठाउँ ठाँउमा काटेको अवस्थामा घाइते भइ च्छोरोल्पा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको जानकारी दिनएका छन । उक्त घटना स्थल चरिकोटको सातदोबाटे चोकबाट ७ किलो मिटर पश्चितर्फ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएका छन ।